डोटी बस दुर्घटनामा २४ यात्रु घाइते ५ जना गम्भिर अवस्थामा

२८ भदौ, डडेल्धुरा । डोटीको जोरायल गाउँपालिका २ छतिवनमा ना ५ ख ९११४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार सडकबाट करिब ६० मिटर तल उक्त बस खसेको थियो ।

बसमा कति यात्रु थिए भन्ने नखुले पनि २४ यात्रु घाइते भएका छन् । तीमध्ये ६ को अवस्था गम्भीर छ ।
उनीहरुको उद्धार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा लगिएको जानकारी प्रहरी नायब उपरीक्षक धामीले दिए ।

दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *