कोशी प्रदेशकै ठुलो ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१’ हुदैं

बिर्तामोड । भरत भाबुक प्रसाई, पर्यटनलाई चलचित्रसंग जोड्ने उदेश्यले कोशी प्रदेशकै ठुलो ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१’ हुने भएको छ ।

मंसिर १ गतेदेखि झापाको बिर्तामोडमा आयोजना हुन लागेको महोत्सवको मुख्य उदेश्य सांस्कृतिक विविधताको संरक्षण गर्नु रहेको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले बताउनु भयो ।

उहाँले चलचित्र सम्बन्धि कार्यशाला गोष्ठिको सहजीकरण एभरेष्ट फिल्म एकाडेमीका प्रशिक्षक  मिनश राउत   तथा चलचित्र निर्देशक सुदर्शन थापाले गर्ने बताउनुभयो ।

कार्यशाला मसिंरको ३ गतेबाट ७ गते सम्म सञ्चालन हुनेछ ।

तामाङ घेदुङ्ग बिर्तामोड नगर समिति तथा नेपाल चलचित्रकर्मी संघको संयुक्त आयोजनामा मंसीर १ देखि १५ गतेसम्म महोत्सव आयोजना हुने आज (बिहीवार) बिर्तामोडस्थित महोत्सव स्थलममा पत्रकार सम्मेलनेको आयोजना गरी जानकारी दिइयो ।

महोत्सवमा चलचित्र प्रदर्शनी, चलचित्रकर्मीलाई सम्मान, चलचित्र र पर्यटन सम्बन्धी अन्तरक्रिया साथै बिभिन्न व्यवसायिक स्थलहरु रहने तामाङ घेदुङ्ग बिर्तामोड नगर समितिका अध्यक्ष बिजय तामाङले जानकारी दिनु भयो ।

महोत्सवमा २२ वटा स्टल स्थानिय व्यवसायलाई  प्रर्वद्वन गर्न राखिएकाे अध्यक्ष तामाङ बताउनु भयाे ।

उहाँका अनुसार महोत्सवमा तामाङ समुदायको भेषभूषा, सांस्कृतिक तथा धर्म झल्किने सांस्कृतिक झाकीकाे साथ महोत्सवको उद्घाटन  गरीने  बताउनु भयाे ।

महोत्सवमा सात वटा नेपाली चलचित्रहरु मंसिर ३ गतेदेखि ९ गतेसम्म प्रदर्शनी गरिने नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेश अध्यक्ष केवल तामाङले बताउनु भयो ।

उहाँले वानरसेना, नालापानी, माङ्गेना, लीलामे माइला, बिहेपास, चारधाम र कृष्णलीला चलचित्र प्रदर्शनी गरिने जानकारी दिनु भयो ।

भारतको सिक्किम राज्य र नेपालको कोशी प्रदेश विचको सांस्कृतिक एवं पर्यटन मैत्री सम्बन्ध स्थापित गराउन महोत्सव सफल हुने अध्यक्ष केवलको भनाइ छ ।

महोत्सवमा एक करोड ५० लाख वढीको कारोवार हुने र ५ लाख दर्शकहरुले अवलोन गर्ने आयोजकले अपेक्षा रहको आयोजित  पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सवमा अनुमानित ५५ लाख खर्च हुने बताइएको छ  ।

महोत्सवमा ज्योती मगर, राजेशपायल राई, शान्तिश्री परिवार, तृषना गुरुङ, रचना रिमाल, समिक्षा अधिकारी, दुर्गेश थापा, एलिना चौहान, पूर्ण राईलगायतका कलाकारहरुले सांगितिक प्रस्तुती रहने घेदुङ्ग बिर्तामोड नगर समितिका सचिव  गणेशबहादुर तामाङले बताउनु भयो ।

महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्नेे हुनु भएको छ ।

पत्रकार सम्मेलनको सहजीकरण तामाङ घेदुङ्ग बिर्तामोड नगर समितिका सचिव गणेशबहादुर तामाङले  गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *