डोटीमा बस दुर्घटना हुँदा २६ जना घाइते

२८ भदौ, डोटी।  बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।  जोरायल गाउँपालिकाको अठासीमोडमा  राति साढे २ बजेतिर दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ९११४ नम्बरको बस पल्टिँदा २६ जना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय बुडरका प्रहरी नायब निरीक्षक रुपसिंह थापाका अनुसार दुर्घटनामा घाइते भएका मध्ये सात जनाको अवस्था गम्भीर छ । तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *