झापामा खुल्यो नेपाल एभरेष्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ
बिर्तामोड । नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रा.लि बिर्तामोड झापाबाट उत्पादित अलैंचीका विभिन्न उत्पादन बजारमा सार्वजनिक गरिएको छ ।
स्वदेशी कृषिजन्य उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले बिर्तामोड–४ मा नेपाल एभरेष्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालि सञ्चालनमा आएको हो ।आज एक कार्यक्रमका बीच कोशी प्रदेशका कृष तथा सहकारी मन्त्री खेनगसिंह हाङ्गामले उक्त उद्योगको उद्घाटन गर्नुभयो ।
उद्योग उद्घाटन गर्दै मन्त्री हाङ्गामले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
नगदेबाली र कालो सुनको उपनामले चिनिने अलैंचीको कारोबारमा देखिने समस्या समाधानका लागि पहल गर्ने उहाँले बताउनुभयो ।
आफू अलैंची कृषक समेत रहेको बताउँदै उहाँले सरकारले स्पष्ट नीति नबनाउँदा समस्या दोहोरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
कम्पनीका अध्यक्ष ओम कृष्ण बिमलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई एभरेष्ट कार्डमम प्रोडक्सनकि सञ्चालक पार्वता बिमली खरेल ले स्वागत गर्नु भएको थियो ।
नेपाल एभरेष्ट कार्डामम प्रोडक्सनका अध्यक्ष ओमकृष्ण बिमलीले अलैंचीलाई प्रशोधन गरेर ‘एभरेष्ट शान’ ब्राण्ड अन्तरगत ३० प्रकारका मसलाजन्य उत्पादन गरिएको बताउनुभयो ।
स्वदेशमै उपलब्ध मसलाजन्य कृषिवस्तु अलैंची, अदुवा, तेजपात, टिमुर लगायतको प्रयोग गरिएको बताउँदै उहाँले भन्नुभयो, “उद्योगमा ८० प्रतिशत कच्चा पदार्थ स्वदेशी रहेको छ ।