परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उहाँ आज दिउँसाे त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

डा. राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा जानुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गर्नुभएको थियो ।

भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । याे भेटवार्ता भाेलि चीनको सिचुआन प्रान्तमा रहेकाे छेन्दु शहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरूप उहाँ आज चीन जानुभएको हो । प्रधानमन्त्री ओली अर्को हप्ता चीन भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री राणा यही मङ्सिर १५ गते स्वदेश फर्कनुहुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *