साइबर क्राइम , बाल विवाह र लागु पदार्थ दुव्यर्शन सम्बन्धी जागरण अभिमुखीकरण कार्यक्रम सम्पन्न
पथरी शनिश्चरे क्याममा सिजल एण्ड सिस्टर फाउण्डेसनको आर्थिक सहयोगमा एक दिने साइबर क्राइम, बाल विवाह र लागु पदार्थ दुव्यर्शन सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
भुटानी शरणार्र्थी बाल मन्चको आयोजनामा आयोजित अभिमुखीकरण कार्यक्रमको सहजीकरण पथरी शनिश्चरे इलाका प्रहरी कार्यलयका प्रहरी सहायक निरिक्षक किशोर कुमार मगर गर्नु भएको थियो ।
दिन प्रतिदिन बढ्दै गईरहेको साइबर अपराध , दुव्यर्शन र बाल विवाहलाई न्युनिकरण गर्ने लक्ष्यको साथ आयोजना गरिएको कार्यक्रम निन्तर रुपमा गर्दै लैजान पथरी शनिश्चरे क्याम शिविरका सचीब करण राईले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी ईलाका प्रमुख प्रहरी नायब उपरिक्षक मोहन बिक्रम दाहालले बाल विवाह र लागु पदार्थ दुव्र्यसनका घटना चेतना र गरिवीको कारणले गर्दा समाजमा फैलिदै गएको बताउनु भयो ।
उहाँले कानुनी शिक्षामा जोड दिनुभएको थियो । अभिभावक र बिद्यार्थी गरेर ९० जनाको सहभागीता रहेको कार्यक्रममा शिविरका सचीब करण राई, प्रमुख अतिथि, समाजसेबी चम्फासिङ राई ,बिनम राई , गंगा सुबेदी शशस्त्र प्रहरी नायब उपरिक्षक पुण्य प्रसाद बिमली लगायतको उपस्थिती रहेको थियो ।
यो कार्यक्रम अत्यन्त फलदायी रहेको र आगामी दिनमा निरन्तर यस्ता प्रकारका कार्यक्रमहरु आयोजना गरिरहने पथरी शनिश्चरे क्याममा सचीब करण राईले बताउनु भयो ।