रसुवागढी नाका भएर गाडी चल्न थाले

२८ भदौ, रसुवा ।  पहिरो हटाए पछि रसुवागढी नाका भएर गाडी चल्न थालेको छ । ठूलाठूला ढुंगासहितको पहिरोका कारण  दुई दिन यो यो सडकखण्डमा गाडी चलेको थिएन ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार बिहान १० बजेदेखि बाटो खुलेको जनाएको छ ।  गाडी नचल्दा रसुवागढी नाका हुँदै चीनबाट सामान लोड गरेर फर्किएका गाडी बीच बाटोमै रोकिएका थिए ।

रसुवाको धुन्चे बजार नजिकको खोपङ्गभीरमा पहिरो खस्दा बुधबार र मंगलबार गाडीको आवागमन ठप्प भएको थियो । अहिले भने सडक खुलेको र गाडी पनि चल्न थालेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *