स्वर सम्राट नारायण गोपालको ३४ औं स्मृतिमा सर्जकहरु अभिनन्दित
बिर्तामोड । भरत भाबुक प्रसाई,साहित्य चौतारी झापाले स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३४ औं पुन्य स्मृतिमा संस्था तथा सर्जकहरुलाई सम्मान गरेको छ ।
साहित्य चौतारीले बिर्तामोडस्थित सभा हलमा आज (बुधवार) मासिक साङ्गीतिक काव्यसभा, स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३४ औं पुन्य स्मृति, राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर पाँचवटा संस्थासहित सर्जकहरुलाई सम्मान गरेकाे हो ।
। साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा तथा इतिहासविद् सर्जक प्रकाश सायमीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष हिम्मत नेम्बाङले आगन्तुक अतिथीहरुलाई स्वागत गर्नुभएको थियो ।
प्राज्ञ प्राडा देबी नेपाल र टीका पौड्याल दम्पत्तीलाई अभिनन्दन गरिएको थियो भने लोकदोहरी गायिका कोपिला गौतम पण्डितलाई सम्मान र ३३औं विश्व अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका शिक्षक पदमप्रसाद अधिकारीलाई आदीगुरू च्याङ्ठू मास्टर स्मृति सम्मान पुरस्कार प्रदान गरिएको थियो ।
अभिनन्दन तथा सम्मान पत्रको बाचन हरिनारायण भट्टराई, डिपी शर्मा र चित्रा पौड्यालले बाचन गर्नु भएको थियो । कार्यक्रममा झापाका कनकाई प्रतिभा प्रतिष्ठान , जयन्द्र प्रसाद प्रसाईं स्मृती साहित्य सेवा कोष , साहित्य संगम आठराई तेह्थुम , कञ्चनजंघा साहित्यिक प्रतिष्ठान ताप्लेजुङ र ईलाम साहित्य संस्कृति कला प्रतिष्ठानलाई संस्थागत अभिनन्दन गरिएको थियो ।
झापाका कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीबराज सुबेदी तथा पदाधिकारी, जयन्द्र प्रसाद प्रसाईं स्मृती साहित्य सेवा कोषका अध्यक्ष गोपीकृष्ण प्रसाई तथा पदाधिकारी , साहित्य संगम आठराई तेह्थुमका उपाध्यक्ष अम्बिकादेबी थपलिया र पदाधिकारी, कञ्चनजंघा साहित्यिक प्रतिष्ठान ताप्लेजुङका सल्लाहकार रामचन्द्र दाहाल र ईलाम साहित्य संस्कृति कला प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतम र पदाधिकारीले संस्थागत अभिनन्दन ग्रहण गरेका थिए ।
उहाँहरुको अभिनन्दन पत्र हिम्मत नेम्बाङ, अनिरूद्र ओलीलगायतले बाचन गर्नु भएको थियो ।
सम्मान गरिने साहित्यिक संघसंस्थाको छनौट सल्लाहकार संयोजक राजेन्द्र संग्रौलाले गर्नु भएको थियो ।
कार्यक्रममा ३४औं नारायण गोपाल स्मृति दिवसको अवसरमा संस्थाका सम्मानित गायक समिर खरेलले नारायण गोपालका दर्जन बढी कालजयी गीत गाएर दर्शक तथा श्रोताको मन जित्नु भएको थियो ।
गायक खरेललाई गायिका सञ्जीवनी पौड्यालले साथ दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी इतिहासविद् सर्जक प्रकाश सायमीले गायक खरेलले गाएका नारायण गोपालका दर्जन बढी कालजयी गीतको रचनागर्भको बारेमा जानकारी सहित प्रष्ट पार्नु भएकोथियो ।
उहाँले नारायण गोपालको जीवनीबारे प्रकाश पार्दै गीतलाई जिबन्तता दिएको बताउनु भयो ।
उहाँले नारायण गोपालको घरको संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।
नारायण गोपाललाई नेपाली सांगितिक जगतका चम्किला तारा रहेको बताउँदै, उहाँलाई हरेकदिन सम्झनु पर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व अभिनन्दित ब्यक्तित्व प्राज्ञ कोमलप्रसाद निरौलाले साहित्य चौतारी र नारायण गोपालको प्रशंसा गर्दै बुझ्नै सकेनौ तिमीले बाेलकाे गित गाई कार्यक्रमको माहोल नै बेग्लै बनाईदिनु भएको थियो ।
अभिनन्दित ब्यक्तित्व प्राज्ञ प्राडा देवीप्रसाद नेपालले आफूलाई अभिनन्दनले देवी दुर्गाको आशीर्वाद प्राप्त भएको बताउंदै साहित्य चौतारीलाई कबितात्मक शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा प्राज्ञ सुमित्रा बाङ्देल चेलीले साहित्य चौतारीले गर्दा आफूलाई यो अवस्थासम्म ल्याई पुर्याउन ठूलो सहयोग पुगेको बताउनु भयो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गर्नुभएको थियो ।