कपडा चोरी गरेको अभियोगमा धुलाबारीबाट दुईजना पक्राउ

मेचीनगर । झापाको मेचीनगर-१०, धुलावारी बजारको कपडा पसलबाट करिव तीन लाख बराबरको लत्ताकपडा चोरी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

धुलावारीमा अंकित सेठियाले सचालन गरेको भैरव स्टोरबाट बुधवार राति लत्ताकपडा चोरी गरेको अभियोगमा मेचीनगर नगरपालिका– १० टिमाई भेली बस्ने दुखु मिया र सोही ठाउँ बस्ने तेजराज बिष्ट पक्राउ परेका हुन् ।

सिसिटिभी फुटेजमा उनीहरुको पहिचान भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले खोजतलास गर्नेक्रममा हिजो साँझ ५ बजे दुवैलाई नियन्त्रणमा लिएको हो । चोरी गरी लगेको लताकपडाहरू दुवै जनाको घरबाट बरामद गरी उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *