नेपाली चलचित्र क्षेत्र धेरै कमजोर छः सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको चलचित्र क्षेत्र धेरै कमजोर रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र क्षेत्रमा भएका समस्याहरुको समाधान गर्न आफूहरु लागिपरेको बताउनु भयो । चलचित्र क्षेत्रमा शुरुवातमा भन्दा धेरै विकास भएको भएपनि अझै कमजोर नै रहेको उल्लेख गर्नुभयो ।
उहाँले बलिउडको छायाँ परेर नेपाली चलचित्र उद्योग कमजोर भएको हुनसक्ने पनि बताउनु भयो । भारतीय चलचित्र क्षेत्रलाई जित्न नसके पनि दक्षिण एशियाका अन्य देशहरुमा उत्कृष्ट बन्न सकिने बताउनु भयो । चलचत्रि क्षेत्रको विकासका लागि आवश्यक कानूनहरु सरकारले बनाइरहेको र बाधाका पहाड तोडेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
मन्त्री गुरुङले सरकारले सर्प हिँडाइ नभइ भ्यागुतो उफ्राइका रुपमा विकास निर्माणमा काम गरिरहेको उल्लेख गर्नुभयो ।