१८ तले ‘भ्यू टावर’को उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले दमक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताउनुभएको छ । ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । विश्वका ठूला देशमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले  मेचीनगर नगरपालिका–४ आमडाँगीमा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालयको उद्घाटन तथा बृहत् गुरुयोजनाको शिलान्यास गर्नुभएको छ ।

नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले दुई दिन झापामा भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने जानकारी दिनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *