नेपाल पत्रकार महासंघ झापाकाे भाेलि चुनाव, संयुक्त व्यवसायिक प्यानल झापाको घोषणा
नेपाल पत्रकार महासंघ झापाका अग्रज पत्रकारहरुको उपस्थितीमा बिहीबार नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल सम्मिलित संयुक्त व्यवसायिक प्यानल झापाको घोषणा गरिएको छ ।
भोलि हुने पत्रकार महासंघको झापा जिल्ला समिति, प्रदेश केन्द्रको निर्वाचनका लागि बिर्तामोडमा बिहीबार आयोजित कार्यक्रम माझ त्यसखाले प्यानलको घोषणा गरिएको हो ।
पूर्व अध्यक्षहरु माधव विद्रोही, मोहनकाजी, भीम नेम्वाङ र गणेश पोखरेलसहितको उपस्थितीमा झापाको अध्यक्षका लागि युनियनका एकराज गिरीको अगुवाईको प्यानललाई साझा व्यवसायिक प्यानलका रुपमा अघि बढाइएको घोषणा भएको थियो ।
प्यानल घोषणा गर्दै जितका लागि शुभकामना समेत व्यक्त गरिएको थियो । यस अघिनै नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल संयुक्त प्यानलबाट सह–सचिव पदका दाबेदार रमेश तिवारी तथा प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल दलित सदस्यबाट निर्विरोध विजय हुनुभएको छ ।
झापा शाखाको २० सदस्यीय कार्यसमितिका ३३ जनाले उम्मेद्वारी दिएका छन् भने १५ जना प्रदेश परिषद सदस्यका लागि १४ जनाको मात्र उम्मेद्वारी परेको छ ।
त्यस्तै ४ जना केन्द्रीय परिषद सदस्यका लागि ८ जनाले उम्मेद्वारी दिएका छन् ।
निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको नामावली अनुसार उपाध्यक्षमा गणेशमान मुखिया र सुब्रत न्यौपाने , महिला उपाध्यक्षमा विनिशा गौतम, सुशीला संग्रौला र सुनिरा मैनाली , सचिवमा राजु पाठक र प्रदिप परियार , सहसचिवमा रमेश तिवारी,सह–सचिव समावेशीमा चिरञ्जीवी घिमिरे र तिलक तामाङ योञ्जन तथा कोषाध्यक्षमा पुष्पलाल खड्का , शम्भुजीत दाहाल र मुक्तिनाथ पौडेलले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै खुल्ला सदस्यमा, देवेन्द्र प्रसाई,भुमिराज पराजुली,ईशा प्रधान, स्वास्तिाका आर्चाय सिटौला,सुदिप अधिकारी,विनोद पाण्डे,अस्मिता साँखी दिपेश राजवंशी रहनु भएको छ ।
त्यस्तै खुल्ला मदेशी सदस्यमा मनकुमार शर्मा रहनु भएको छ ।
१५ जना प्रदेश परिषद सदस्यका लागि १४ जनाले मात्र उम्मेद्वारी दिएकोमा सबैजना निर्विरोध भएका छन् ।
अध्यक्ष पदका लागि एकराज गिरी, डिकेश लामा ,राजेन्द्र गौतम र टीकाराम नेतीले उम्मेद्वारी दिएका हुन् ।