६१ वर्षे बृद्धको हत्यापछि दुई दिदीबहिनीले गरे आत्मसमर्पण

२८ भदौ, रामेछाप । रामेछापमा १३ र १८ वर्षीया दुई किशोरीले एकजना बृद्धको हत्या गरेका छन् ।

जिल्लाको रामेछाप नगरपालिका-७ मुडाजोरका ६१ वर्षीय ढालबहादुर श्रेष्ठको हत्या गरी ती दिदीबहिनीहरुले प्रहरी समक्ष आत्मसमर्पण

ढालबहादुरको हत्या गरेको भन्दै सोही ठाउँकी १३ वर्षीया दालकुमारी श्रेष्ठ र उनकी दिदी १८ वर्षीया सुष्मता श्रेष्ठले प्रहरी समक्ष आत्मासमर्पण गरेका हुन् ।

ढालबहादुरलाई उनकै घर अगाडि बाटोमा बिहान ७ बजेतिर रडले हानेर हत्या गरेको दालकुमारी र सुष्मताले बताएको रामेछाप प्रहरीले जानकारी दिएको छ

उनीहरुले बृद्धको बानिब्यहोरा ठीक नभएकोले हत्या गरेको बयान दिएको रामेछापका प्रहरी नायब उपरीक्षक अमरेन्द्रबहादुर सिंहले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *