झापा कप फुटबल प्रतियोगितामा आर्मीको विजयी शुरुवात

झापाको बिर्तामोडमा आजदेखि शुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी शुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान बनाएको छ । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई र निरज चौधरीले गोल गरे । भोलि आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच खेल हुनेछ ।

आजदेखि शुरु भएको झापा कप फुटबल प्रतियोगिताको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नुभएको हो । प्रतियोगिता पुस ८ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालका नौ र भारतको एउटा क्लबको सहभागिता रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *