वीरता लेडी जेसिज सन २०२५को अध्यक्षमा निशा शाक्य निर्बाचित

बिर्तामोड, ३० मंसिर ।  वीरता लेडी जेसिज सन २०२५को अध्यक्षमा निशा शाक्य निर्बाचित हुनु भएको छ ।

संस्थाको आज भएको निर्बाचनमा शाक्य निर्बाचित हुनु भएको हो । शाक्यले ८२ मत प्राप्त गर्नु भएको निर्बाचन अधिकृत संगिता गिरीले जानकारी दिनुभयो ।

निर्बाचन प्रक्रियामा शाक्य र झुमा चुँडाल प्रवेश गरेपनि अन्त्यमा चुडालले आधिकारिक रुपमा नाम फिर्ता लिएपछि शाक्य निर्बाचित भएको निर्बाचन अधिकृत गिरीले बताउनु भयो ।

वीरता लेडी जेसिजको नयाँ कार्यसमितिमा निर्वतमान अध्यक्ष मेनुका ओली, कार्यकारीणि उपाध्यक्ष मुना अधिकारी ढुंगेल, चन्द्रकला रिजाल, उपाध्यक्ष एलिना रिजाल ढकाल, अञ्जली शाह, भावना बस्नेत, तारा बस्नेत रहनु भएको छ ।

यस्तै  सह-सचिबमा दिक्षा कड‌रिया, शाखा सम्पादकमा हेलेन खरेल, तालिम संयोजक कोपिला पोख्रेल सिटौला, जनसम्पर्क अधिकारी पार्वता श्रेष्ठ निर्बाचित भएका छन् ।

संस्थाले मनोनित गर्ने पदहरुमा समेत आजै टुंगो लगाएको छ ।

महासचिवमा प्रभा रायामाझी, कानूनी सल्लाहकारमा अस्मिता राई कुरुङ्‌बाङ र कोषाध्यक्षमा कविता ओलीलाई मनोनित गरीएको निर्बाचन समिति सदस्य संगिता चिमरीयाले जानकारी दिनु भयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *