वीरता लेडी जेसीजमा भाँडभैलो

बिर्तामोड । वीरता लेडि जेसीसमा नया नेतृत्व चयनको बिषयलाई लिएर एक  समुहले निर्वाचन प्रक्रिया बहिष्कार गरेको छ ।

अध्यक्ष मैनुका ओली र निर्वाचन अधिकृत संगिता गिरीको मिलेमतोमा एकलौटी रुपमा नेतृत्व चयन गरिएको भन्दै असन्तुष्ट समुहले बहिस्कार गरेको हो ।

गिरी र ओलीले संस्थामा निरंकुस व्यवहार गरेको उनीहरुको आरोप छ । उनिहरुले आफू अनुकुलका नेतृत्व चयन गर्न जेसीसको मर्ममाथि खेलवाड गरेको आरोप छ ।

वीरता लेडि जेसीस बिर्तामोडको नेतृत्वको लागि झुमा चुडाल र निशा शाक्य मैदानमा थिए । चुडाल २०११ देखि जेसीस अभियानमा सक्रिय छन भने शाक्य २०१८ मा मात्र जोडिएकी हुन् । गिरी र ओलीले चुडाललाई पन्छाएर शाक्यलाई अघि सारेपछि जेसीसको निर्वाचन प्रक्रिया चुडालको समुहले बहिस्कार गरेको हो ।

यसअघि जेसीस अभियन्ता रोजिना पाण्डेले वीरता लेडी जेसीसको निर्वाचन प्रक्रिया गलत भएको भन्दै निर्वाचन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएको बताएकी छन् । उनले आफुलाई बिनाकारण सदस्यवाट हटाएको आरोप लगाइन् ।

ओलि र गिरीको मिलेमतोमा जेसीसलाई प्राइभेट कम्पनी बनाउन खोजिएको आरोप उनको छ । उनले ओली र गिरीले २०२५ सम्म नविकरण भएको आफ्नो नाम काटेर राजनीतिकरण गर्न खोजेको समेत आरोप लगाईन् ।

अक्टोबर ३१ सम्म नवीकरण गरिसक्ने सदस्यले मात्र निर्वाचन प्रक्रियामा भाग लिन पाउने विधान लाई मिचेर साधारण सभाकै दिन डिसेम्वर १३ मा अध्यक्ष उम्मेद्वार निशा शाक्यले अधिकांस सदस्यको नवीकरण गरेको आरोप लागेको छ ।

सदस्यले विधानको प्रश्न उठाउँदा निर्वाचन अधिकृत संगिता गिरी ले सदस्यलाई जवाफ नै नदिई नियोजित ढंगले विधान विपरितका मतदाता हरुबाट निर्वाचन गरेको एक सदस्यले बताइन् ।

वीरता जेसीसका अध्यक्ष ओलीले नियमानुसार निर्वाचन गरेर निशा शाक्यको नेतृत्वमा नयाँ टिम गठन गरेको दावी गरिन् । उनले जेसीसको बिधान अनुसार नै संस्था अगाडि बढेको समेत बताईन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *