नेपाल पत्रकार महासंघ झापा शाखाकाे पदहस्तान्तरण तथा सञ्चारकर्मी डायरी विमोचन
बिर्तामोड । भरत भाबुक प्रसाई, नेपाल पत्रकार महासंघ झापा शाखाले ३६ औं स्थापना दिवसको अवसर पारेर सञ्चारकर्मी डायरी विमोचन तथा नव निर्वाचित पदाधिकारीहरुलाई पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोडसिथत इन्द्रेणी व्यांक्वेटमा आयोजित कार्यक्रमकाबीच महासंघ झापाले स्थापना दिवासका सहितका कार्यक्रम गरेको हो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक शिरो सान्दाई खतिवडा, निर्वाचन अधिकृत अधिवक्ता दीपेन्द्र भट्टराई, निर्वाचन अधिकृत लक्ष्मी खनाल कोइरालाले निर्वाचित महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यलाई पदहस्तान्तरणसँगै प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा झापाका अग्रज संचारकर्मी चन्द्र भण्डारी र नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले कार्यक्रमका औपचारीक उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमका बिच प्रमुख अतिथिसमेत रहनु भएका भण्डारी लगायत पूर्व अध्यक्षहरुले महासंघ झापामा आवद्द २२० संचारकर्मीको व्यक्तिगत विवरण सहितको सञ्चारकर्मी डायरीको विमोचन गरेका थिए ।
गत मंसीर २८ गते भएको महासंघको निर्वाचनबाट आगामी तीन बर्षे कार्यकालका लागि पुनः एकराज गिरीकै नेतृत्वमा निर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
महासंघको अघिल्लो कार्यकालमा उत्कृष्ट शाखा बनाउन प्राविधिक सहयोग गर्ने सन्तोष शर्मा, सन्तोष अधिकारी, रुपा मुखिया र महासंघकी कर्मचारी अनुषा चुडाललाई सम्मान गरिएको थियो ।
महासंघका झापा शाखा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व महासचिव चन्द्र भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत महासंघका उपाध्यक्ष केशव भट्टराईले गरेको कार्यक्रममा प्रमुख अतिथि चन्द्र भण्डारी, गोविन्दचन्द क्षेत्री, गणेश पोखरेल, अम्बिका भण्डारी, बिमल लामिछाने, दिपिन राई, राजेन्द्र गौतम, गिरिराज भट्टराई, प्रदीप परियार, शम्भु दाहाल, लिला अनमोललगायतले आ–आफ्नो भनाई राख्दै नव निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
सचिव बराबरी मत प्राप्त गर्ने राजु पाठक र प्रदीप परियारका बिच निर्वाचन समितिले गोलाप्रथा गरेको थियो ।
गोलाप्रथाबाट पहिलो आधा कार्यकाल राजु पाठक र दोस्रो आधा कार्यकाल प्रदीप परियार रहने भएका छन् ।
कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै प्रेस काउन्सिलका सदस्य अग्रज पत्रकार गणेश पोखरेलले श्रमिक पत्रकारहरुको हकहितमा निर्वाचित कार्यसमिति लाग्नेमा आफु विश्वस्त रहको बताउनु भयो ।
निर्वाचित अध्यक्ष एकराज गिरीले अग्रजहरुको सल्लाह लिएर कसैसंग पूर्वाग्रही नभई आफ्नो कार्यसम्पादनमा लाग्ने बताउनु भयो ।
कार्यक्रमको सञ्चालन पुर्व सचिव डिकेश लामाले गर्नुभएको थियो ।