नेपाल हार्ट फाउण्डेशनको केन्द्रीय सभा झापामा हुने

बिर्तामोड । भरत भाबुक प्रसाई, नेपाल हृदय रोग निवारण केन्द्र (हार्ट फाउण्डेशन) को केन्द्रीय सभा झापामा हुने भएको छ ।

केन्द्रको ३३औँ केन्द्रीय सभा पुष १३ र १४ गते झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विगत लामो समयदेखी विपन्न हार्ट पेसेन्डहरुलाई आर्थिक सहयोेग गर्दै आएको फाउण्डेशनले गएको वर्ष कन्काई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई नगरलाई सुर्ति निषेधित नगर बनाउन  खेलेको भुमिकाको कदर गर्दै सम्मान गरिसकेको छ ।

केन्द्रले मुटु रोग सम्बन्धि सचेतना जगाउने र यसको उपचारको लागि वकालत गर्दै आएको निवर्तमान अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनु भयो ।

उहाँले खानपान र जिवनशैली रोग लाग्नु कारण भएकाले यसमा सबैको ध्यान जान आवश्यक रहेको बताउनु भयो ।

केन्द्र र यसका गतिविधीको प्रचारका लागि मोफसलमा केन्द्रीय सभा गर्न थालिएको र अघिल्लो बर्ष काभ्रेपलाञ्चोकको बनेपामा गरिएको पूर्वअध्यक्ष डिल्लीराम घिमिरेले बताउनु भयो ।

डा.मेगेन्द्रराज पाण्डेको अगुवाईमा २०४५ सालमा स्थापना भएको केन्द्रले ५९ जिल्लामा शाखा र बाँकी अन्य जिल्लाहरुमा तदर्थ समिति विस्तार गरिसकेको पूर्वअध्यक्ष घिमिरेले जानकारी दिनु भयाे ।

केन्द्रले मुटुका बिरामीहरुको उपचारका लागि आर्थिक सहयोग गर्नुका साथै शहिद गंगालाल हृदय रोग केन्द्र र अन्य सहयोगी संस्थाहरुसँग समन्वय गरिदिने गरेको पनि घिमिरेको भनाइ छ ।

केन्द्रमा स्थापित कोषको रकमबाट उत्कृष्ट कार्य सम्पादन गर्ने शाखाहरुलाई पुरस्कृत गर्दै आएको निवर्तमान अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो ।

कार्यक्रमको अवधीमा स्वयम् सेविकाहरुलाई प्राविधिक तालिम दिनुका साथै बिएण्डसी अस्पतालबाट प्रभातफेरी निकाल्ने आदि कार्यक्रम रहेको केन्द्रका झापा अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिनु भयो ।

उहाँले सम्पूर्ण पालिकाका प्रतिनिधीहरुको अनिर्वाय उपस्थिती रहनेमा आफु आशाबादी रहेको बताउनु भयो ।

कार्यक्रमको पुष १३ गते शनिबार दिउँसो साढे तीन बजे केन्द्रका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवालले उद्घाटन गर्ने झापा शाखाका सहसचिव राम निरौलाले बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुलाई झापाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले स्वागत गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *