साहित्यकार रमेश दियालीको दोश्रो कृति भुसको आगो विमोचन

प्रवासमा बसेर नेपाली भाषालाई माया गर्ने साहित्यकार रमेश दियालीको दोश्रो  कृति भुसको आगो विमोचन गरिएको छ । विश्वकर्मा सोसाइटी अफ अमेरिकाद्वारा आयोजित साहित्यक महोत्सवका बिच उक्त पुस्तक गरिएको हो ।

भाषा र साहित्यलाई अत्यन्तै प्रेम गर्ने अग्रज ब्यत्तित्व गंगाराम लामिटारेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका अमेरिकाको विभिन्न प्रान्तमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिती रहको थियो ।

संस्थाका अध्यक्ष अर्जुन रसाइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा विभिन्न स्रष्टाहरुले रचना बाचन गरेका थिए । विश्वकर्मा सोसाइटी अफ अमेरिकाले विभिन्न समय कला र साहित्यलाई केन्द्रित गर्दै विभिन्न गतिविधी गर्दै आएको छ ।

अमेरिका , नेपाल तथा भुटानको राष्ट्रिय गानबाट सुरुवा गरिएको कार्यक्रलाई विष्णु गजमेरले दिप प्रज्वलन गरि  समुदघाट्न गर्नुभएको थियो ।

नेपाली कल्चर डान्स ग्रुपले स्वागत नृत्य प्रस्तुत गरेको कार्यक्रमललाई हस्त दियालीले आशिष मन्तव्य द्वारा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा धर्मेन्द्र तिम्सिना तथा सवीन शर्माले लेख बाचनगर्नु भएको थियो ।

एकरोहन महिला समूहको नृत्य रहेको कार्यक्रमलाई साहित्यक महोत्सवको औपचारीक कार्यक्रमको अब्रमहम दियाली र उद्घाटन समारोह बल धतानीले गर्नु भएको थियो ।

कार्यक्रमका विच नेपाली साहित्यमा योगदान पु¥याउने अमेरिका तथा भुटानमा बसोबास गर्ने  नेपालीहरुलाई सम्मान गरिएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *