चम्फापुर माध्यमिक विद्यालयको ६१ औं बार्षिक उत्सव सम्पन्न

कनकाई । चन्द्र बस्नेत, १४ पुस २०८१ कनकाई,  झापाको कनकाई नगरपालिका ६ चम्फापुरमा रहेको चम्फापुर माद्यामिक विद्यालले आफ्नो ६१ औं बार्सिक उत्त्सव मनाएको छ। आज आईतवार विद्यालयले एक भब्य समारोहकाबीच आफ्नो ६१ औं वार्सिक उत्त्सव मनाएको हो।

बिद्यालयले आफ्नो ६१औं वर्षगाठको अवसर पारेर सप्ताह व्यापी विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेसगै आज अन्तिम दिन एक भब्य समारोहकाबीच कार्यक्रम सम्पन्न गरेको हो।सप्तरिशी सस्कृत विद्यापिठका नारायण अधिकारी , सौगात ढकाल , पुजन अधिकारीले स्वस्तिक वाचन र प्रमुख अतिथि विशिष्ट अतिथि सभाअध्यक्षहरुबाट द्विप प्रजवलन गर्दै कार्यक्रमको उद्धघाटन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष खिनमाया बस्नेत (सीता)को अध्यक्षतामा आयोजित कार्यक्रममा कनकाई नगर उप-प्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्यता रहेकोे थियो ।

कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले आजको पहिलो आवश्यकता नै शिक्षा भएको र शिक्षा हासिल गर्न पहिलाको जस्तो समस्या नभएको पहिलाको तुलनामा स्रोत र साधन पनि व्यवस्थित हुँदै गएको भन्दै शिक्षण सिकाईका साथसाथै स्वस्थ्य जीवन जिउन हाम्रो लागि खेल नै आजको आवश्यक भएकाले खेलको माध्यमबाट आफ्नो जीवन स्वस्थ राख्न सुझाव दिनुभएको थियोे ।

कार्यक्रममा विशिस्ट अतिथिहरुब नगर शिक्षा प्रमुख राजकुमार ओडारी ,कनकाई वडा न ६ का अध्यक्ष लक्ष्मीप्रसाद ओली कनकाई ७ का अध्यक्ष भिस्मभुषण सिटौला लगायतले स्थानीय सरकारले पनि शिक्षालाई नै जोड दिने गरेको सुनाउनु भएको थियोे ।

प्रधानध्यापक बिष्णुप्रसाद कोईरालाले विद्यालयको प्रगति विवरण र भावी योजना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रमकै अवसरमा छुट्टाछुट्टै विभिन्न १२ वटा अक्षयकोषका दाता परिवारबाट गरिब तथा जेहेन्दार (उत्कृष्ट )२५ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियोे ।

त्यस्तै अक्षयकोषका दाता अकनकाई ७ का अध्यक्ष भिस्मभुषण सिटौला सहित अन्य दाता परिवारलाई समेत सम्मान गरिएको थियोे ।

कार्यक्रममा नगर बालबालिका साखा प्रमुख उमानाथ ढकाल नगर भरिका विभिन्न विद्यालयका प्रधानध्यापक , शिक्षक प्रतिनिधि , जनप्रतिनिधि , अभिभावक ,अक्षयकोषका दाता परिवार लगायतको उपस्तिथि रहेकोे थियोे । विद्यालयका शिक्षक मोहन काफ्लेको स्वागत तथा नर्सरी र एल. के जि का नानीबाबू बाट स्वागत नृत्य प्रस्तुत गरिएको थियोे । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तथा कार्यक्रमकी सभाअध्यक्ष बस्नेतले चम्फापुर विद्यालय नगरपालिकाको नजिकै भएपनि विभिन्न सेवा सुविधामा अलि पछीपरेको भवन हरुपनी पुराना हुँदै गएकाले केही प्राथमिकतामा राख्न सुझाव दिनुभएको थियोे ।

यसैबीच ६१ बर्ष अघि स्थापना भएको विद्यालयमा बिद्यार्थी अविभावकको आकर्षण भने केही बढ्दै गएको पाएको छ।

। विद्यालयमा अहिले नर्सरीबाट हाल कक्षा ६ सम्म अंग्रेज़ी र नेपाली दुबै माद्यममा तथा कक्षा ७ बाट १० सम्म नेपाली माद्यममा पढाई हुने गरेको छ ।

विद्यालयमा अनुभवी शिक्षक शिक्षिका, सुन्दर शान्त व्यवस्थित स्थानमा विद्यालय भएपनी भवन भने पुरानो हुँदै गएको पाएको छ। बिद्यालयमा हाल ३ सय ५५ बढी बिद्यार्थी २४ बढी शिक्षक शिक्षिका साथमा शिक्षण सिकाइ गरिरहेको विद्यालयका साहेक प्रधानध्यापक रुद्र थापाले जानकारी दिनुभयो ।

 

विद्यालयमा ७ वटा भवन भएपनि पुराना तथा जिण अवस्थामा रहेको त्यस्तै १६ वटा कक्षाकोठा रहेको प्रधानध्यापक बिष्णुप्रसाद कोईरालाले बताउनुभयो ।
कार्यक्रमको सन्चाल साहेक प्रधानध्यापक रुद्र थापाले गर्नुभएको थियोे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *