आज नयाँ वर्षलाई स्वागत गर्दै गुरूङ समुदाय

बिर्तामोड । भरत प्रसाई, नेपालमा विभिन्न धार्मिक विविधताले भरिपूर्ण देश हो । आज नयाँ वर्षलाई स्वागत गर्दै गुरूङ समुदायले ‘तमु ल्होसार’ मनाईरहेका छन् ।

‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गु?ङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउने  मनाउदै आएका छन् ।

सबै धर्मलाई सम्मान गरिएको नेपालमा सामाजिक सहिष्णुताका निम्ति यस किसिमका पर्व महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरूङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेल लगायत नेपालका विभिन्न जिल्लाहरूमा रहेका गुरूङ समुदायले विशेष कार्यक्रमको आयोजना गरि भव्यरूपमा पर्व मनाइरहेका छन् ।

आज सांस्कृतिक झाकी  सहित विभिन्न प्रतियोगिताहरूको आयोजना गरी तमु ल्होसार मनाउन लागिएको बिर्तामोड नगर तमु ल्होसार व्यवस्थापन समितिले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *