जबर्जस्ती करणी गर्न खोजेको आरोपमा युवक पक्राउ

२९ भदौ, बैतडी ।  १६ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका –४, बस्ने २४ वर्षीय नन्दु जोशी रहेका छन् ।

बुधबार शाहिलेक बजारबाट घर फर्किँदै गर्दा दशरथचन्द नगरपालिका –४, कै बालिकालाई ठूलीखोला भन्ने ठाँउमा जोशीले जबर्जस्ती करणी गर्न खोजेको पिडित पक्षको भनाई छ ।

पीडित किशोरीको ठाडो निवेदनका आधारमा जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको उहाँ बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *