झापा गोल्डकपको सबै पदमा सर्वसम्मत

बिर्तामोड। झापा गोल्डकपको सबै पदमा सर्वसम्मत भएको छ । आज बिहान सहजकर्ताहरुबीच भएको छलफलपछि बाँकी पदमा पनि सर्वसम्मत भएको हो ।

कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् ।

त्यस्तै, सहसचिवमा यादव पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि विष्णु सिग्देल सर्वसम्मत भएका छन् त्यस्तै, सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थापा, भूपेन्द्र भण्डारी, सुशील थापा, विसन लिम्बू, दिपेन चौधरी, शैलेन्द्र कुरुङबाङ र एजाज अहमद अन्सारी सर्वसम्मत भएका छन्

।यसअघि अध्यक्षमा केदार गिरी आज बिहान निर्विरोध निर्वाचित भएका थिए ।

झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीले उम्मेदवारी दिएका थिए ।यसअघि पुस २९ गते मनोनयन दर्ताकै दिन वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की  पर्वत निर्विरोध भएका थिए ।

पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक सदस्य थिए ।

त्यस्तै, माघ १ गते सचिवका उम्मेदवार प्रकाश शिवाकोटीले नाम फिर्ता लिएपछि अर्का उम्मेदवार बुद्ध तामाङ पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।

सहमतिको प्रयासका लागि निर्वाचन समितिले पटकपटक समयसमय थप गर्दै कार्यतालिका सार्वजिनक गरेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *