एपोलो बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आजबाट शुरु
बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि एपोलो बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ ।
महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नु भएको छ । उहाँले महोत्सवको क्यालेण्डर तालिका अनुसार मिलाएर लगाउन सके औद्योगिक व्यापार मेलाबाट अपेक्षाकृत सफल्ता मिल्न सक्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठुला पार्टीहरु मिली दिगो सरकारको लागि गठबन्धन गरेको बताउनु भयो । उहाँले पर्यटकहरुबाट संकलन गर्ने यातायात शुल्क कुनै पनि स्थानिय नगरपालिकाले नउठाउन आग्रह गर्नु भयो ।
महोत्सवको उद्घाटनको अवसरमा विभिन्न जातजातिको भेषभूषा, बाजागाजा, सामाजिक संघ–संस्था, उद्योगी व्यवसायी र सुभेक्षुकको उपस्थिीमा नगर परिक्रमा गरिएको थियो । बिर्तामोड उद्योग बाणिज्य महासंघ बाट १८ भन्दा बढी जातजातिका झाँकी सहित निकालिएको प्रभात फेरीले बिर्तामोड नगर परिक्रमा गरिएको थियो ।
१९ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक सय ५० वटा स्टल रहेका छन् । जसमा भारत, भुटान, बंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टल रहनेछ ।
कृषिजन्यदेखि विभिन्न उत्पादन महोत्सवमा रहनेछ । महोत्सवमा बालबालिकाकादेखि ज्येष्ठ नागरिकसम्मले मनोरञ्जन र लाभ लिन सक्ने छन् । महोत्सवमा कृषि उद्यम र कृषि व्यापार विशेष प्राथमिकतामा राखिएको आयोजक संस्था बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी बताउनु भयो ।
महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय–पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको महासचिव कुशल खतिवडाले जानकारी दिनु भयो ।
महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहनुका साथै विभिन्न जातजातिका कला–संस्कृतिलाई समेत समेटिने जनाइएको छ । दुई लाखभन्दा बढीले महोत्सवे अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।