सामसङको दसैँमा क्यास व्याक अफर : विजेताले सिंगापुर गई  स्टार क्रुजमा जलयात्रा गर्न पाउने

सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैँको अवसरमा तोकिएका सामसङ स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफर प्रस्तुत गरेको छ । “सामसङको दसैँ अफर” नाम दिइएको यो योजनामा ग्राहकहरुलाई उपहार स्वरुप क्यास ब्याक दिइएको हो ।

यो योजनालाई अझ बढी आकर्षक बनाउन, कुनै पनि स्मार्ट फोन खरिदकर्ता वा सामसङको ट्यावलेट खरिद गर्नुहुने ग्राहकहरुमध्येबाट हरेक हप्ता (लगातार ४ हप्तासम्म), २ जना भाग्यशाली विजेताले सिंगापुर गई  स्टार क्रुजमा जलयात्रा गर्न पाउनेछन् ।

दसैँको अवसरमा नयाँ उत्पादन खरिद गर्ने योजना बनाएका ग्राहकहरुलाई लक्षित गरी यो योजना प्रस्तुत गरिएको हो । यो याजना असोज १ गतेदेखि असोज २८ गतेसम्म लागू हुनेछ । लक्की ड्र अन्तर्गत सिंगापुर भ्रमणको घोषणा असोज ८ गते, १५ गते, २२ गते र २९ गते सामसङको आधिकारिक पेजमार्फत् गरिने सामसङले जनाएको छ । ।

Leave a comment

Your email address will not be published. Required fields are marked *