गोर्खाली हर्ट र नारी स्वतन्त्रताले अनाथ बालबालीकालाई शैक्षिक सामाग्री वितरण

सिमन चाम्लीङ राई
२३ साउन, काठमाण्डौ । विगतमा विभिन्न सामाजीक कामहरु गर्दै आईरहेको फेसबुक ग्रुप गोर्खाली हर्ट र नारी स्वतन्त्रता काठमाण्डौको संयुक्त पहलमा बाल आश्रम गोठाटार काठमाण्डौको ११ जना अनाथ बालबालीकालाई शैक्षिक सामाग्री तथा अन्य सामाग्रीहरु वितरण गरेको छ ।

यहि असोज २० गते बाल आश्रम गोठाटारमा एक कार्यक्रम आयोजना गरी सो सामानहरु अनाथ बालबालीहरुलाई हस्तान्तरण गरिएको गोर्खाली हर्ट फेसबुक पेजका सञ्चालक विजय खुदाङ लिम्बुले बताए ।

कार्यक्रममा विषेस अतिथिमा अहिलेका चर्चित बाल कलाकार अनुभव रेग्मी साथै उनका आमा कविता रेग्मी थिए ।

कार्यक्रममा बालबालीकालाई दश दर्जन कापी कलम, पेन्सील र ईरेजर साथै जाडोमा लगाउने कपडा, खाना खुवाई र दशै लाई मध्य नजर गर्दै सबै बालबालीकाहरुलाई चङ्गा समेत वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै अनुभवले भने मलाई आज म जस्तै उमेरका साथीहरुलाई यसरी सहयोग गर्न पाउदा एकदमै खुशी लागेको छ । उहाहरुको परिवार हुनुहुन्न भन्दा सारै दुःख लाग्यो र म पनि आउने दिनमा सक्दो सहयोग गर्ने कुरा उनले बताए ।

कार्यक्रममा बोल्दै गोर्खाली हर्ट फेसबुक पेजका सञ्चालक विजय खुदाङ लिम्बुले भने नारी स्वतन्त्रताको सहकार्यमा यस्तो असल र राम्रो काम गर्न पाउदा म लागयत सम्पुर्ण गोर्खाली हर्ट परिवार हर्सित छ, र आउने दिनमा पनि गोर्खाली हर्ट सामाजीक काम गर्न सधै तयार रहेको र यस्तो पुण्यको काम स्वतन्त्र नारीहरुको साथमा गर्न पाउदा एकदमै हर्सित रहेको कुरा पनि उनले बताए ।

साथै नारी स्वतन्त्रताको एडमीन रेविका सुनुवारले भने आज यसरी यि साना साना नानीहरुलाई सहयोग गर्न पाउदा एकदमै खुशी र हामीलाई यस कार्यमा सहयोग गर्ने सहयोगी हातहरु प्रति सधै आभार व्यक्त गर्दै नारी स्वतन्त्रताले अझै यस्तो कामहरु गर्दै जाने कुरा पनि बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *