झापामा मा.प.से. चेकिङ्ग कडाई : मा.प.से. गर्ने चालकले १ घण्टा ट्राफिक कक्षा लिनु पर्ने

झापा । यहि २०७५ साल माघ १ गतेबाट झापा जिल्लालाई मदिरा नियन्त्रित जिल्ला घोषणा भए सँगै यसलाई कडाईका साथ कार्यान्वयन गर्न बिभिन्न कार्यहरु गर्ने शिलशिलामा पहिलो प्राथमिकतामा सवारी चालकहरुलाई मा.प.से.चेकिङ्ग अभियान प्रभावकारी बनाउन थालिएको छ ।

झापा जिल्लाका बिभिन्न ७ स्थानमा जनपथ प्रहरी र ट्राफिक प्रहरीको सयुक्त चेकप्वाईन्ट खडा गरी मा.प.से.चेकिङ्ग अभियानलाई कडाई गर्न शुरु गरिएको छ ।

काकडभिट्टा, दमक, चारआली, बिर्तामोड, सुरुङ्गा, दमक लगायतका स्थानहरुमा मा.प.से.चेकिङ्गलाई कडाई गरिएको छ ।

यस अन्तर्गत २०७५-०७-०८ गते राती १७ वटा मोटरसाईकल र १ वटा ट्याक्टर गरी कुल १८ वटा सवारी चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गर्नुको साथै ट्राफिक नियम सम्बन्धी १ घण्टाको कक्षा समेत संचालन गर्ने तथा निज चालकको आफन्तलाई बोलाई आफन्तको रोहबरमा छाड्ने प्रकृया शुरु गरेको छ ।

पुनः दोस्रो पटक मा.प.से. गरी सवारी चलाएमा नियन्त्रणमा लिई थुनामा राखि आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रशासन कर्यालय चलान गरिने भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *