दोस्रो सताक्षी युथ कपको उपाधि दमकलाई : झिलझिले ६ विकेटले पराजित

बिजय खदाङ लिम्बू

२० कार्तिक, सुरुङ्गा । गत कार्तिक १८ मा सम्मपन्न अम्बिका मोबाइल वर्ल्ड दोस्रो शिवसताक्षी युथ कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी दमक क्रिकेट क्लवले शिवसताक्षी ११ झिलझिलेलाई ६ विकेटले पराजित गर्दै उचालेको छ। मिलान चोक क्रिकेट ग्राउन्डमा टस जिती पहिले ब्याटिङ गरेको झिलझिले ले निर्धारित २० ओभर मा ७ विकट को क्षतिमा ८० को माध्यम स्कोर बनाएको थियो। उसका लागि कप्तान विजय घिमिरेले १४ तथा विजय लिम्बू ले १२ रन जोडेका थिए। दमक का लागि ज्ञान श्रेष्ठ ले २ विकेट लिए। ८१ रन को माध्यम लक्ष्य दमकले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै उपाधि कब्जा गर्यो। दमक का लागि कुमार खड्काले अविजित ५१ तथा राकेश खत्रीले ११ रन योगदान गरे। झिलझिले को लागि संगम दाहालले २ विकट आफ्नो खाता मा लेखाए। अविजित ५१ रन र १ विकट लिएका कुमार खड्का फाइनल का उत्कृष्ठ खेलाडी घोषित भए।दमकले उपाधि संगै ट्रफी मेडल तथा रु पचास हजार हात पार्यो भने झिल्झिले ले २५ हजारमै चित्त बुझाउनु पर्यो।
प्रतियोगिता भरी १२ विकट लिएका शिव स्पोर्टिङ्ग क्लब, शिवगञ्ज का प्रशान्त रोक्का प्रतियोगिताकै उत्कृष्ठ बलर तथा १२५ रन जोडेका दमकमा कुमार खड्का उत्कृष्ठ ब्याट्सम्यान हुँदा शिवसताक्षी ११ झिलझिलेका विजय घिमिरे ९८ रन तथा ९ विकट सहित प्रतियोगीका कै उत्कृष्ट खेलाडी घोषित भए।


खेल समापनको क्रममा बोल्दै आयोजक शिवसताक्षी युथ क्लवका अध्यक्ष रितिज रिजालले सम्पूर्ण सहभागी टीम,प्रायोजक एबम् सम्पूर्ण खेल प्रेमी दर्शक लाई धन्यवाद दिँदै आगामी वर्ष यसै समयमा हुने तेस्रो शिवसताक्षी युथ कप अझ बृहत र भव्य बनाउने बताउनु भयो।

Leave a comment

Your email address will not be published. Required fields are marked *