आगलागीबाट ६० लाख बराबरको क्षती

११ पुष, रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ माथिल्लो वजारमा वुधवार विहान लागेको आँगलागीबाट ६० लाख रुपैयाँ बराबरको सामाग्री जलेर नष्ट भएको छ ।

 

आगलागीबाट रामेछाप नगरपालिका वडा नं ७ स्थित छतिवने खानेपानी उपभोक्ता समितिले पाइप खरिद गरी ल्याएको करिब ६० लाख मुल्य बराबरको पीपीआर पाइप जलेर नष्ट भएको छ । त्यसैगरी आगलागीबाट रामेछाप बजारको टेलिफोनको मेन लाइन तार र विद्युतको तार समेत जलेर नष्ट भएपछि रामेछापमा आज बिहान देखि विद्युत सेवा अवरुद्ध हुन पुगेको छ भने ल्यान्डलाइन टेलिफोन समेत ठप्प भएको छ ।

पुरानो सदरमुकाम रामेछापको माथिल्लो बजार स्थित छतिबने खानेपानी उपभोक्ता समितिले स्टोर गरी राखेको ठाउँमा आगलागी भएको थियो । आगलागी के कसरी लागेको हो भन्ने खुल्न सकेको छैन् । स्टोरमा अकस्मात आगलागी भएपछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय नागरिकहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको रामेछाप नगरपालिका वडा नं ८ का वडा अध्यक्ष केदार कार्कीले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *