डीपीएल अक्सन : विनोद, प्रदीप र ललित अधिकतम मूल्यमा बिक्री, को कतिमा बिक्री भए ?
२० पुस, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल)का लागि खेलाडीको अक्सन अहिले काठमाडौंमा भइरहेको छ ।
जसमा पहिलो सेसन सकिँदा चार खेलाडीले अधिकतम मूल्य पाएका छन । त्यसमा तीनै राष्ट्रिय खेलाडी प्रदिप ऐरी, आरिफ शेख, ललितसिंह भण्डारी र विनोद भण्डारी छन् ।
होटेल अन्नपूर्णमा भएको अक्सनमा सुरुवाति तीन खेलाडी बिक्री भएनन् । यसपटक खेलाडी आफैले आफ्नो मूल्य तोक्ने प्रावधान बनाएको अक्सन खुल्ला रुपमा गरिएको हो । जसमा प्रदिप ऐरीलाई अधिकतम दुई लाख ५० हजारमा रुपन्देहीले ड्र बाट टिममा भित्र्यायो । उनलाई खरिद गर्न तीन टिमबीच प्रतिस्पर्धा चलेको थियो ।
यस्तै ललितसिंह भण्डारीलाई पनि दुई लाख ५० हजारमा रुपन्देहीले खरिद गर्यो । ललितको बेस प्राइस एक लाख ५० हजार र प्रदीपको ५० हजार रहेको थियो । यस्तै आरिफलाई महेन्द्रनगरले महंगो रकममा अनुबन्ध गर्यो । विनोदलाई पनि रुपन्देहीले चिठ्ठाबाट टिममा भित्र्यायो ।
बिक्री भएका अन्य खेलाडी
अविनाश बोहरा
राष्ट्रिय टिममा पहिलो पटक परेका खेलाडी २२ वर्षीय खेलाडी बोहरालाई १ लाख ७० हजार रुपैयाँमा महेन्द्रनगर युनाइटेडले किन्यो ।
कुशल भुर्तेल
भैरहवाका खेलाडी दायाँ हाते ब्याट्सम्यान र बलर १ लाख ६० हजारमा विराटनगरले किन्यो ।
सौरभ खनाल
एक लाख बेस प्राइस रहेक खनाललाई धनगढी स्टार्सले १ लाख ६० हजारमा किनेको छ ।
हरिबहादुर चौहान
चाैहानलाई ९५ हजार रुपैयाँमा चौहानलाई धनगढीले लिएको छ ।
सन्दिप सुनार
८० हजार बेस प्राइस रहेका सुनारलाई १ लाख १० हजारमा रूपन्देहीले किनेको छ ।
अमित श्रेष्ठ
बेस प्राइस ५० हजार रुपैयाँ रहेका श्रेष्ठलाई १ लाख ८० हजारमा धनगढीले किनेको छ ।
किशोर महतो
बेस प्राइस ७० हजार रुपैयाँ रहेका महतोलाई १ लाखमा विराटनगरले किनेको छ ।
विक्रम भुषाल
७० हजार बेस प्राइस रहेका भुषाललाई १ लाख ६० हजारमा काठमाडौंले खरिद गरेको छ ।
मोहम्मद आरिफ शेख
बेस प्राइस १ लाख रहेका शेखलाई महेन्द्रनगरले २ लाख ५० हजारमा ड्रबाट टिममा लियो ।
रासिद खान
रासिद खानलाई १ लाख ७० हजार काठमाडौंले लिएको छ ।
अमरसिंह राउटेला
राउटेलालाई १ लाख २० हजारमा महेन्द्रनगरले किनेको छ ।
मोहम्मद आशिफ शेख
बेस प्राइस १ लाख रुपैयाँ रहेका शेखलाई १ लाख ८० हजारमा विराटनगरले किनेको छ ।