झापामा आगलागीमा परी महिलाको मृत्यु

२३ पौष, भद्रपुर । झापाको गौरीगञ्ज गाउँपालिका–२ मा आगलागीमा परी एक मजदूर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौरीगञ्ज–२ हेमनाडाँगीस्थित जोगेन टुडुको घरमा शनिबार राति आगलागी हुँदा ४५ वर्षीया श्रीमती सुनिता टुडुको मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेका अवस्थामा नजिकै बालेको कुपीबाट ओछ्यानमा आगो सल्किँदा उहाँको सुतेकै अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

आगलागीको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी कार्यालयका प्रमुख टेकेन्द्र पौडेलले बताए । मृतक टुडुको शव परीक्षणका लागि आजै आम्दा अस्पताल दमक पठाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *