बिमस्टेकको चौथो शिखर सम्मेलन अगाडि आज परराष्ट्रमन्त्रीस्तरीय बैठक बस्दै

-अर्पित राई

१३ भाद्र, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अगाडि आज परराष्ट्रमन्त्रीस्तरीय बैठक हुँदैछ ।

बिम्स्टेकको चौथो शिखर सम्मेलन बिहीवार र शुक्रवार काठमाडौंमा हुँदै छ। आज बस्ने मन्त्रीस्तरीय बैठकमा सम्मेलनका एजेण्डामाथि छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा सबै सदस्य देशका परराष्ट्ररविदेशमन्त्रीको सहभागिता रहेको छ।

बैठकको सुरुमा बैठकको अध्यक्षता चयन र बैठकका एजेण्डाहरुलाई अंगिकार गर्दै सुरु हुने छ। बैठकको सुरुपमा परराष्ट्रमन्त्री ज्ञवालीले स्वागत मन्तव्य राख्ने र त्यसपछि नेपालसहित सबै सदस्य राष्ट्रका सहभागि डेलिगेट्सहरु (मन्त्री)हरुले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।

त्यस्तै बैठकमा विम्स्टेकका महासचिवले आफ्नो प्रतिवेदन पेश गर्ने छन्। बैठकमा नेपालको तर्फबाट विम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका विषयमा परराष्ट्रमन्त्री ज्ञवालीले व्रिफिङ गर्ने छन् । लगत्तै मंगलबार सम्पन्न उच्च अधिकारीको १९ औँ बैठकको प्रतिवेदनलाई राखिने छ ।

बैठकले विम्स्टेक महासभा र समझदारीपत्रलाई हस्ताक्षरका लागि अन्तिम रुप दिने छ । साथै बैठकको अर्को एजेण्डा भनेको विम्स्टेकको काठमाडौँ घोषणापत्रलाई अन्तिम रुप दिनु हुने छ।

बैठकमा बङ्गलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भि. के सिंहले गर्नुहुनेछ ।

यसैगरी म्यान्माका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिनेछ ।

बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गर्नुहुनेछ । भुटानमा आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्थामा सचिव छोङलाई मन्त्रीस्तरीय बैठकमा सहभागिताको अख्तियारी प्रदान गरिएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *