लाइसेन्सको अवधि १० वर्ष बनाउने तयारी

१४ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को समयावधि १० वर्ष बनाउने तयारी थालेको छ।

लाइसेन्सको समयावधि ५ वर्ष मात्रै हुँदा नागरिकले दुःख पाएकोले संघीय यातायात ऐनको मस्यौदामा १० वर्षको प्रस्ताव गरिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

‘नेपालीहरू लामो समय विदेशमा बसिरहेका हुन्छन्, त्यो बेलासम्म लाइसेन्सको म्याद सकिनेजस्ता समस्यालाई ध्यान दिएर लाइसेन्सको अवधि बढाउने तयारी गरेका हौं,’ उपाध्यायले सेतोपाटीसँग भने।

ऐन पारित भएपछि बन्ने लाइसेन्सको अवधि १० वर्ष हुने भए पनि जारी भइसकेका लाइसेन्सको हकमा भने नविकरण गरेपछि आउने लाइसेन्समात्र १० वर्ष समय हुने उनले बताए।

‘जारी भइसकेको स्मार्ट लाइसेन्सका हकमा पनि ५ वर्ष पछि नविकरण गरेपछि मात्र १० वर्षे अवधि हुन्छ कानुन जहिलेबाट लागू हुन्छ। त्यसपछि प्रिन्ट भएका लाइसेन्सकोमात्र अवधि १० वर्षे हुने हो,’ उनले भने।

Leave a comment

Your email address will not be published. Required fields are marked *