दर्जीले श्रीमतीलाई आगो लगाए

दमक,१३ भदौ /  झापाको कमल गाँउपालिका–५ का एक व्यक्तिले मदिरा सेवन गरेर आफनै श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका छन् ।
गएराती ८ वजेतरि कमल –५ का भक्तवहादुर दर्जीले मदिरा सेवन गरेर श्रीमती रिताकुमारी दर्जीलाई मट्टितेल खन्याएर आगो लगाएका हुन् । सामान्य घरायसीका विषयमा कुरा हुदाँ एक्कासी भक्तबहादुरले श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका थिए । आगोले रिताको आधा भाग जलेको थियो ।
घाइते रिताको विर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार भइरहेको तथा आगो लगाएर फरार भएका भक्तबहादुरको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *