रामेछापमा सम्बन्ध विच्छेद गर्ने पुरुष बढे

१० फागुन, रामाेछाप । रामेछाप जिल्लामा सम्बन्ध विच्छेद गर्ने पुरुषकाे सङ्ख्या बढ्दाे छ ।

नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ ले पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने गरी कानुन निर्माण गरेपछि यहाँकाे जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्नेहरुमा महिलाको तुलनामा पुरुषको संख्या बढेको हाे ।

नयाँ कानुन लागू भएपछि रामेछापमा भदौ १ गतेबाट  हालसम्म १९ जना पुरुषले सम्बन्ध विच्छेदको लागि जिल्ला अदालत रामेछापमा निवेदन दर्ता गराएका छन् । त्यसैगरी १३ जना महिलाहरुले पनि सम्बन्ध विच्छेदकाे लागि निवेदन पेश गरेको जिल्ला अदालत रामेछापका श्रेस्तेदार गेहेन्द्र रेग्मीले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘नयाँ कानुन अनुसार पुरुषले पनि सहजै सम्बन्ध विच्छेद गर्न पाउने भएपछि अहिले सम्बन्ध विच्छेदकाे लागि आउने पुरुषकाे सङ्ख्यामा वृद्धि भएकाे छ ।’

अदालतमा सम्बन्ध विच्छेदको लागि परेका निवेदनको आधारमा पहिले त दुवै दम्पतीलाई कार्यालयमा झिकाएर मेलमिलाप गराउने प्रयास गरिन्छ । तर मेलमिलाप हुनै नसक्ने अवस्थामा मात्र निवेदन परेको एक वर्षभित्र दुवै दम्पतीको मञ्जुरीमा मुद्धा फैसला गर्ने काम जिल्ला अदालतले गर्दै आएको   छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *