टी-२० महिला विश्वकप एसिया छनोट : आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै

१३ फागुन, काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्यान्डको बैंकक्मा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

चीनलाई पराजित गर्दै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावनालाई कायमै राख्न चाहन्छ । चीन जारी प्रतियोगितामा निकै बलियो टिमको रुपमा देखा पारेको छ । चीन अहिले अंक तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ ।

चीनले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ । नेपालको पनि चार खेलबाट तीन खेलम जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक नै छ । अंक तालिकाको शीर्ष स्थानमा आयोजक थाइल्यान्ड रहँदा दोस्रो स्थानमा भने यूएई रहेको छ ।

यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो । त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *