भारत पाकिस्तान द्वन्द्व: काठमाण्डौबाट गल्फ र युरोप जाने विमानको रुट बदलियो

१५ फागुन, काठमाण्डाै । भारत र पाकिस्तानबीच भैरहेको तनावको प्रभाव नेपालको हवाइ उडड्यन क्षेत्रमा पनि परेको छ । जम्मू कश्मीरमा भारत र पाकिस्तानबीच भएको तनावपछि नेपालबाट गल्फ र युरोप जाने सबै जहाजले पाकिस्तानको एअर स्पेस प्रयोग नगर्ने गरी उडान तालिका मिलाएका छन् ।

पहिले पाकिस्तानको हवाइ क्षेत्र हुँदै उडान भर्ने कतार, फ्लाइ दुबई, टर्किस एअरलाइन्स लगायतका विमानले पाकिस्तानको हवाइ क्षेत्र अर्थात एअर स्पेस प्रयोग गर्दै आएकोमा आजदेखि त्यो प्रयोग गरेका छैनन्  । जस्को कारण केही उडानमा ढिलाइ भएको विमानस्थल स्रोतले जनाएको छ ।

 

अब नेपालबाट खाडी देश र युरोप जाने सबै विमान अहमदाबाद पुग्नेछ र त्यहाँबाट एल ३०१ रुट प्रयोग गरेर गन्तव्यमा जाने विमानस्थल स्रोतले उज्यालो अनलाइनलाई जानकारी दिएको छ ।

बढ्दाे तनावका बीच हवाइ सुरक्षाका हिसाबले भारत तथा पाकिस्तानका कैयाैं विमानस्थलहरु बन्द गरिएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *