प्रदेश २ मा भोलि हुने जनसंख्याको पनि प्रश्नपत्र बाहिरिएको हो ? वास्तविकता एस्तो छ

१५ चैत, प्रदेश २ । जारी एसईई परिक्षा अन्तरगत प्रदेश २ मा लगातार दुई विषयको प्रश्नपत्र आउट भएपछि परीक्षार्थीहरुमा बाँकी परीक्षा पनि के हुने हो भन्ने चिन्ता छ । यही बीचमा ‘भोलि शनिबार हुने स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षाको प्रश्नपत्र पनि बाहिरियो’ भन्ने चर्चाले सामाजिक सञ्जाल तातेको छ ।

सामाजिक सञ्जालमा धेरैले प्रश्नपत्र पनि सेयर गरिरहेका छन् । यसअघि विज्ञान र सामाजिक विषयको प्रश्न पनि सामाजिक सञ्जालबाटै आएकाले धेरैले यसलाई पत्याए उक्त प्रश्नपत्रको आधिकारिकता पुष्टि गर्न खोज्दा थाहा भयो, यो त अघिल्लो वर्षको प्रश्नपत्र रहेछ ।

२०७४ सालको प्रश्नपत्रको फोटो खिचेर सामाजिक सञ्जालमा भ्रम फैलाउन खोजिएको प्रष्ट भएको छ । ‘समस्या समाधान गर्न सघाउनेभन्दा भ्रम फैलाउनेहरु सक्रिय देखिएका छन्’ सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘हामी चाँडै बैठक बसेर भ्रम फैलाउनेबिरुद्व ठोस निर्णय लिन्छौं ।’

प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्मा पनि भ्रम फैलाउने तत्वहरु सक्रिय रहेको बताउँछन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *