मैतीदेवीमा मन्दिर निर्माणको लागि रकम संकलन

२७ वैशाख, काठमाडौं । सचिता बुढाथोकी । काठमाडौंको मैतीदेवीमा रहेको श्री शंखचक्रधारी लक्ष्मी सहित बेणुगोपालको मन्दिर निर्माणको लागि रकम संकलन भैरहेको छ ।

मन्दिरको भवन निर्माण कार्यमा साढे २ करोड रकम संकलन भइसकेको छ । मन्दिर निर्माणको लागि करिब २३ करोड खर्च लाग्ने निर्माण पक्षले बताएको छ । गत असार १० गतेदेखि मदिरको निर्माणकार्य सुरु गरिएको हो । अहिले मन्दिरको भवन निर्माण कार्य जारी छ । ठेकेदारस“ग ७ करोड रुपैया“मा भवन निर्माणको सम्झौता भएको छ ।

दानपत्र, भक्तजन र विभिन्न सहयोगी दाताबाट रकम संकलन भइरहेको मन्दिर व्यवस्थापन समितिका संम्योजक शिवराम राजवंशीले जानकारी दिनुभयो । राजवंशीका अनुसार २०७७ सालभित्र मन्दिरको निर्माण कार्य सम्पन्न गरिने लक्ष्य छ । यसैबीच, मन्दिर निर्माणको सहयोगार्थ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ५० लाख रुपैया“ सहयोग गर्ने निर्माण पक्षले बताएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *