ऐतिहासिक पर्व इन्द्रजात्राको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल जुद्द सालिकबाट पैदल हिडेर दरवारक्षेत्र सम्म

 

ऐतिहासिक पर्व इन्द्रजात्राको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई इन्द्रजात्रा अवलोकन गर्नुभएको छ ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल हिडेर दरवारक्षेत्र पुग्नुभएको थियो । यसअघिका राष्ट्रपति र राजाले गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गर्नुभएको थियो । जात्रा अवलोकन गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, सांसदहरु, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि पनि जात्राको अवलोकन गर्नुभयो ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन मंगलबार बिहान हनुमानढोका दरबारक्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइएको गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ ।  शुक्रवार टोलमा रथयात्रा गरिनेछ ।

असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइनेछ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानुभइ कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा समेत छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *