मेची राजमार्गमा पराल बोकेको गाडीमा आगजनी

मेची राजमार्गअन्तर्ग इलामको रोङ गाउँपालिका–४, किटेनीमा पराल बोकेको पिकअप जलाएइको छ ।झापाबाट पराल लिएर इलामतर्फ आउँदैगरेको मे १ च ११४० नम्बरको पिकअप रोकेर चालकलाई बाहिर निकाली आगो लगाइएको स्थानीयको भनाइ रहेको छ । पिकअप जलाइएको स्थानभन्दा करिब तीन सय मिटरमा प्रहरी चौकी छ ।

कोशी प्रदेशको नामकरण सच्याउन माग गर्दै आन्दोलनरत पक्षले आज मंसिर ३० र पुस १ का लागि मेची राजमार्ग बन्द आह्वान गरेको थियो । मेची राजमार्गमा बन्दकर्ताले दिन भर बिभिन्न ठाउँमा यातयात अवरुद्ध गरेका थिए । उनीहरूले आफ्ना कार्यकर्ता रिहाइको पनि माग गरेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *