धनकुटामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढ्दै

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व धनकुटामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।इन्सेक धनकुटा प्रतिनिधिले प्रस्तुत गर्नु भएको तथ्याङ्क अनुसार जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेका छन् ।जिल्लामा गत वर्ष ७५ ओटा मानवअधिकार उल्लङ्घनका घटनामा ७५ जना पीडित भएकोमा यस वर्ष १ सय ओटा घटनामा १ सय ३ जना पीडित भएको इन्सेक प्रतिनिधिले बताउनु भयो । धनकुटामा यसवर्ष घरेलु हिंसा र बलात्कारका घटनामा वृद्धि भएको इन्सेकको तथ्याङ्कले देखाएको छ ।

इन्सेकको तथ्याङ्कअनुसार चार जनाकोे हत्या, झडपमा दुई जना घाइते, कुटपिट एक जना, मोसो दलेर दुई जनामा दुव्र्यवहार, घरेलु हिंसा ७३ जना, पाँच जना बालिकासहित १४ जना बलात्कारको घटनामा पीडित भएका छन् । बाल यौन दुव्र्यवहारको घटनामा एक जना, बालविबाह घटनामा एक जना, कथित बोक्सीको आरोपमा एक जना, भौतिक संरचनामा क्षति हुँदा दुई जना र सार्वजनिक सेवाबाट एक जना र श्रमको हकबाट एक जना पीडित भएको इन्सेकले जनाएको छ ।

 

 

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर अनिलकुमार शाहले प्रहरीले मानवअधिकारलाई ध्यानमा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मीनप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानवअधिकार एलाइन्स धनकुटा अध्यक्ष केदार दाहाल मानव अधिकार घोषणापत्र र यसको कार्यान्वयन, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक धनकुटा प्रतिनिधी ईश्वर थापाले धनकुटामा मानव अधिकारको अवस्था सहित समिक्षा प्रतिवेदन र पर्डेप नेपालका खिन्द्र अधिकारीले सहिदभूमि गाउँपालिकाका सञ्चालित न्याय पहुँच कार्यक्रमका गतिविधी र प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । पत्रकार, सामाजिक अभियान्ता, सुरक्षा निकाय, राजनितिक दलका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधि लगायत गरि ४५ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ धनकुटा अध्यक्ष नगेन्द्र राईले गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *