नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम तेह्रथुम जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनीधि सुरेश खत्रीले सन २०२३ जानवरी १ देखि डिसेम्वर १६ सम्मा सङ्कलन गरिएका ३० ओटा मानवअधिकार उल्लङघन र ज्यादतीका घटनाहरु अभिलेखिकरण गरेको जानकारी गराउनु भयो ।

तेह्रथुममा गत वर्षको तुलनामा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना बढेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल मानवअधिकार वर्ष पुस्तकको लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकले) तयार पारेको वार्षिक प्रतिवेदनमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । तेह्रथुममा गत वर्ष १८ वटा मानव अधिकार उल्लङघनका घटना भएको थियो । यस वर्ष ३० वटा मानवअधिकारका घटना भएकोमा ३० जना पीडित रहेका छन ।
इन्सेकको तथ्याङ्क अनुसार यस वर्ष दुई जनाको हत्या, पाँच जना कुटपिट, पाँच बालिका सहित सात जना बलात्कार, यौन दुव्र्यव्यहार एक , मोसो दलेर दुव्र्यवहार एक जना, वहुविवाह एक जना, घरेलु हिंसा तेह्र जना, भौतिक संरचना क्षति एउटा गरि जम्मा ३० वटा मानवाअधिकारका घटना भएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *