झापा गाउँपालिकामा १६ वर्षीया किशोरी झुण्डिएको अवस्थामा फेला

झापाको झापा गाउँपालिकामा १६ वर्षीया किशोरी झुण्डिएको अवस्थामा फेला परेकी छन् ।

बुधबार झापा–३ गैरीगाउँकी १६ वर्षीया किशोरी अनुसा पराजुली आफ्नै घरको सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लागि झुण्डिएको अवस्थामा फेला परेको जिलला प्रहरी कार्यालय झापाले जनाएको छ । अनुसालाई झुण्डिएको आफन्तले देखेर तत्काल पासो खोलेर भुँईमा झारेको र मृत्यु भइसकेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनास्थलमा अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो । किशोरीको शव आज मृतकका बुबा गोरखबहादुर पराजुलीले बुझेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *