बङ्गबन्धु गोल्डकपमा बंगलादेशको बदमाशी, अझै दिएन पुरस्कार

भदौ १९, काठमाडौँ।  बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको पुरस्कार नेपालले अझै पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो ।

उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनकाठमाडौँ : बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको पुरस्कार नेपालले अझै पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो ।

उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३-० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो । पाँचौ संस्करणको खेल तालिका सार्वजनिक गरिँदासमेत नेपालले पुरस्कार राशि नपाएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता किरण राईले बताए ।

‘अघिल्लो संस्करणमा जीतेको पुरस्कार नपाए अगामी प्रतियोगितामा भाग लिदैनौँ’, उनले भने । त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।

बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ । बङ्गलादेश फुटबल महासङ्घले गएको शनिबार पाँचौँ संस्कारणको खेल तालिका सार्वजनिक गरिसकेको छ ।

पाँचौं संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा हुनेछ । शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा प्यालेस्टाइन र ताजकिस्तानसमेत छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् । लाई ३-० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो । पाँचौ संस्करणको खेल तालिका सार्वजनिक गरिँदासमेत नेपालले पुरस्कार राशि नपाएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता किरण राईले बताए ।

‘अघिल्लो संस्करणमा जीतेको पुरस्कार नपाए अगामी प्रतियोगितामा भाग लिदैनौँ’, उनले भने । त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।

बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ । बङ्गलादेश फुटबल महासङ्घले गएको शनिबार पाँचौँ संस्कारणको खेल तालिका सार्वजनिक गरिसकेको छ ।

पाँचौं संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा हुनेछ । शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा प्यालेस्टाइन र ताजकिस्तानसमेत छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् । (अन्नपुर्णपोस्ट)

Leave a comment

Your email address will not be published. Required fields are marked *