अफगानिस्तानलाई हराउँदै नेपाल ‘सुपर सिक्स’ मा

विर्तामोड, १२ माघ ।   अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटकाे ‘सुपर सिक्स’ मा पुगेकाे छ ।

दक्षिण अफ्रिकाकाे इस्ट लन्डनमा आज भएकाे खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायाे । अफगानिस्तानले दिएकाे १ सय ४६ रनकाे लक्ष्य नेपालले ४४ ओभर ४ बलमामा ९ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान देव खनालले अर्धशतक बनाए । देव ८९ बलमा ५८ रन बनाएर आउट भए । यस्तै दीपक बोहराले २७ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन बनाउँदा अल आउट भयाे । अफगानिस्तानका माेहम्मद घजनफरले सर्वाधिक ३७ रन बनाए । नेपालका आकाश चन्दले ५ विकेट लिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *