हङकङद्वारा ३ विकेटले नेपाल पराजित सन्दीपले लिए ५ विकेट: ब्याटिङले डुबायो नेपाल : फ़ाइनल पुग्नबाट चुक्यो

भदौ १९।  मलेसियामा जारी आज भएको एसीया कप छनोट क्रिकेट प्रतियोगीतामा टस जितेर पहिले व्याटिङको निम्तो पाएको  नेपालले ब्याटिङ्गमा खराब प्रदर्शन गरे संगै ३ विकेटले हङकङ विरुद्धको खेलमा पराजित भएको  छ ।

पराजित भएसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना सकिएको छ । नेपालले ३७.५ ओभरमा सबै विकेट गुमाइ मात्र ९६ रनको लक्ष्य हङकङलाई दिएको थियो।

 

नेपालले चार रन बनाउँदा सुवास खकुरेल आउट भएका थिए ।

नेपालले २३ रन बनाउँदा कप्तान पारस खड्का व्यक्तिगत १४ रन बनाएर आउट भएका छन् । तेस्रो विकेटमा अनिलकुमार साह १५ रन बनाएर आउट भए ।

चैथोमा ज्ञानेन्द्र मल्ल, पाँचौ विकेटमा दीपेन्द्र सिंह ऐरी रन अनाउदा आउट भए, छैटौँ विकेटमा सागर पुन  ७ रनमा आउट भए , सातौँ विकेटका रुपमा आएका सोमपाल कामीले खाता खोल्न सकेनन् ।

आठौँ विकेटका लागि आरिफ शेख र बसन्त रेग्मी बीच ३४ रनको साझेदारी भयो ।

यसले नेपाललाई केही राहत भएको थियो । तर नेपालले ९२ रन बनाउँदा आरिफ १८ रनमा आउट हुन पुगे । नेपालका लागि बसन्त रेग्मीले १५ रन थपेर जम्मा ९६ रनको लक्ष्य हङकङलाई दिएको हो।

जवाफी ब्याटमा निस्केको हङकङले पाएको लक्ष्यलाइ ३२ ओभरको सुरुवातीमा ७ विकेटको क्षती मा पुरा गरेको छ।

ब्याटिङमा निकै खराब प्रदर्शन गरेको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्‍यो । नेपालका बलरले  हङकङलाई लक्ष्य भेटाउन निकै चुनौती दिए।

निकै झिनो लक्ष्य भएका कारण नेपाल जितबाट बञ्चित बन्यो ।  नेपाली बलरले सुरुमा ३ विकेट, पछिल्लो समय लगातार ४ विकेट लिएर केही आशा जगाएको भए पनि निकै झिनो लक्ष्य भएकाले त्यसले हङकङको जितका लागि कुनै असर गरेन ।

नेपालका लागि सन्दीप लामिछानेले मात्रै हङकङको ५ विकेट लिए । १० ओभरमा दुई मेडनसहति २७ दिएर मात्रै दिए। सागर पुनले १ र वसन्त रेग्मीले १ विकेट लिए ।

हङकङको लागी सबैभन्दा बढी रन अन्सुमन राथले ब्यक्तीगत ५२ रन बनाएका थिए।  यस पटक पनि नेपाली क्रिकेटको अघि बढ्ने यात्रामा ब्याटिङले धोका दिएको छ ।

पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७८ रनले यूएईसँग पराजित भएको थियो । त्यपछिका दुई खेलमा मलेसियामाथि १९ रन र सिंगापुरमाथि ४ विकेटको जित निकाली नेपालले फाइनलमा स्थान बनाउँदै एसिया कपमा छनोट हुने सम्भावना कायम राखेको थियो । हङहङसँग पराजित  भर्इ महत्वपूर्ण उपलब्धी हासिल गर्नबाट चुक्यो ।

 

नोपलमाथि जित हात पारेको हङकङले फाइनलका लागि स्थान सुरक्षित गरेको छ । हङकङले एसिया कप छनोटका लागि ओमान र यूएईबीचको बिजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *