पहाडी क्षेत्रमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना

आज देशका पहाडी क्षेत्रमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्नसक्ने अनुमान छ ।

नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण आज दिउँसोदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा भने पानी पर्ने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो । आज तराईका केही ठाउँमा हुस्सु लागेको  भए पनि हिजो अस्तिको भन्दा कम रहेको मौसमविद्ले बताएका छन्। अबका तीन दिन विशेष गरी पश्चिमी भेगसँगै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने सम्भावना छ । आज र भोलि तापक्रम घटेर देशभर चिसो बढ्न सक्ने मौसमविद् नगरकोटीले बताउनुभयो ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *