सिन्धुपाल्चोकको हेलम्बुमा जिप दुर्घटनामा परी दुई भुटानी नागरिकको मृत्यु
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जिप दुर्घटना भएको छ। बुधबार बा २ च ४४५० नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको हो।
दुर्घटनामा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ। जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली (चालक)सवार थिए। तीमध्ये दुई भुटानी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७५ वर्षीय वाङ्मुको मृत्यु भएको हो। भुटानी नागरिकहरु ७४ वर्षीय हाइज, ४२ वर्षीय फुफा छिरिङ, ६५ वर्षीय गुची, ५६ वर्षीय फुँड र हेलम्बु–२ का ४२ वर्षीय रामचन्द्र भण्डारी घाइते भएका थिए।
घाइते भएकामध्ये दुई जनालाई हेलिकप्टरबाट काठमाडौँस्थित केएमसी अस्पताल ल्याइएको छ।