पशुपतिनगर क्षेत्रबाट लागुऔषधसहित एक जना पक्राउ
नेपाल–भारत सीमा पशुपतिनगर क्षेत्रबाट लागुऔषधसहित एकजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपाल प्रवेश गर्नेक्रममा पशुपतिनगरको चारमाइलबाट पाँचथरको फिदिम नगरपालिका–५, चोकमागुुका ५८ वर्षे यामबहादुर तुम्बापो पक्राउ परेका हुन् ।उनको साथबाट सशस्त्र प्रहरीले ब्राउन सुगरझैं देखिने वस्तु सय ग्राम, बारुद बनाउन प्रयोग हुने सोडा १० किलो र बारुदमै प्रयोग हुने गन्धक पाँच सय २५ ग्राम बरामद भएको स्रोतले जनाएको छ ।
नियन्त्रणमा लिइएका तुम्बापोलाई पशुपतिनगर इलाका प्रहरी कार्यालयमै बुझाइएको छ ।